Logo

कांग्रेस महासमिति बैठकः टिकट वितरणका लागि बनाइएका सबै समिति खारेजीको माग



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टीको निर्वाचनमा उम्मेदवार छनोट र टिकट वितरणका लागि बनाइएका सबै समिति र बोर्डहरु खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । महासमिति बैठकमा नेता पौडेलले पेश गरेको प्रतावमा टिकट वितरणका लागि बनेका समिति र बोर्डहरु खारेज गरी सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।

आम सदस्यले आफ्नो नेतृत्व आफैं चयन गर्न पाउनुपर्ने दस्तावेजमा उल्लेख छ । सबै तहको नेतृत्व सोही तहका सदस्यहरुमा प्राइमरी चुनाव गराई उम्मेदवार छनोट गर्नुपर्ने र समानुपातिकतर्फ पनि प्रतिनिधित्वको प्रकृतिअनुसार सम्बन्धित सदस्यकै मतदानबाट उम्मेदवार छनोट गर्न महासमितिको बैठकले.स्पष्ट निर्देश गर्नुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot