Logo

प्रत्यक्षीकरणको रिट लिएर पाण्डे सर्वोच्चमा, कारण देखाउ आदेश जारी



काठमाडौं, ९ फागुन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्ड बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

पाण्डेले हिजो (मंगलबार) सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश नहकूल सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्