Logo

चुनावमा गठबन्धन नगरौं, अर्कालाई बोक्दा–बोक्दा हाम्रो काँध निकै गलेको छः माओवादी नेता नेम्वाङ



काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले चुनावमा गठबन्धन नगर्ने हिम्मत गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । अरुलाई बोक्दा–बोक्दा आफूहरुको काँध निकै गलेको उनको भनाइ छ ।

कांग्रेस महासमिति बैठकमा निर्वाचनअघि गठबन्धन नगर्नेबारे उठिरहेको बहसका सन्दर्भमा उनले यस्तो विचार व्यक्त गरेका हुन् । नेता नेम्वाङले चुनावमा एक्लै जाने कांग्रेस महामन्त्री गगन थापाको आँटलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

‘गगन सरको चुनावमा काङ्ग्रेस एक्लै जाने आँटलार्इ सम्मान गर्नैपर्छ । काङ्ग्रेसले यो मतलाई पास गरोस् भन्ने शुभकामना दिँदै हामी पनि हिम्मत गरौं । चुनावमा गठबन्धन नगर्ने भनेर किनकी अर्कोलाई बोक्दा–बोक्दा हाम्रो काँध निकै गलेको छ,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot