Logo

मन्त्री ज्वालालाई बर्खास्त नगरेसम्म सडक नछाड्ने अनेरास्ववियुको चेतावनी



काठमाडौं, ९ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग काठमाडौंमा प्रदर्शन गरेको छ ।

दुई जना युवाको ज्यान जानेगरी घटेको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिँदा पनि उनले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अनेरास्ववियुले बर्खास्त गर्न सरकारको ध्यानाकार्षण गराएको हो । अनेरास्ववियुले आज (बुधबार) काठमाडौंको त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस निकालेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालकुमारी घट्नाबारे छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष माग गरे । उनले उक्त प्रतिवेदन लुकाएर दोषीलाई बचाउने खेल भइरहेको आशंका व्यक्त गरे । मन्त्री ज्वालालाई बर्खास्त नगरेसम्म सडक नछाड्ने अध्यक्ष बडालको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्