Logo

मन्त्री ज्वालाको बर्खास्तीको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने



काठमाडौं, १० फागुन । नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै सरकारको ध्यानाकार्षण गराउने भएको छ । एमाले सचेतक महेश बर्तौलाले छानविन समितिले दोषी ठहर गरिसक्दा पनि मन्त्री ज्वालालाई बर्खास्त नगरिएकाले पुनः सरकारको ध्यानाकार्षण गराउन लागेको बताए ।

‘यो तरिकाले भएन । आजको संसद्मा पनि हामी सरकारको विरोध गर्छौं । सशक्त प्रतिवाद गर्छौं । अबिलम्ब कारबाहीको माग गर्छौं । मन्त्री बनिरहने कुराका लागि सिंगो देश हरेक कुरा सहेर बस्ने कुरा रहँदैन,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले भने ।

एमालेले संसद्मा जनता र राष्ट्रका मुद्दा उठाउने उनको भनाइ छ । संसद्मार्फत सरकारलाई गर्नुपर्ने काम किन नगरेको भन्दै जवाफ माग्ने उनको भनाइ छ । संसद्को वस्तुस्थितिका आधारमा विरोध कस्तो प्रकारको हुने भन्ने थाहा हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot