Logo

भूमिहीन, सुकुम्बासीलाई जग्गा दिने कुरा चुनावी फण्डामात्रै नबनोस् : रवि लामिछाने



काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दुध किसान, मह किसानहरु मारमा परेका भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले किसानहरुले बाटोमा दुध पोख्नुपर्ने अवस्थामा रहँदा विदेशबाट आयतित पाउडर दुधले बजार पाएको भन्दै सरकारको ध्यानाकार्षण गराएका हुन् । सरकारले किसानहरुको समस्यालाई नजर अन्दाज गरे उनीहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्ने लामिछानेको चेतावनी छ ।

साथै, भूमिहीन सुकुमवासीहरुलाई भूमि दिइन्छ भनेर चुनावी फण्डामात्रै नबनाएर भूमि आयोगले यसलाई विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए ।

सांसद लामिछानेले अहिले २३ दिन हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका बताउँदै उनीसँग वार्ताको ढोका खुला गर्न सरकारलाई आग्रह गरे । ‘मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएका छन् । सिंहदरबारले वार्ताका लागि ढोका खोलोस्, ढोका नथुनोस्,’– उनले भने ।

नत्र मिटरब्याजीहरुको समस्या समाधान गर्यौं भनेर छाती फुलाएको सरकारले



प्रतिक्रिया दिनुहोस्