Logo

सदन ठप्प पार्ने प्रतिपक्षीको चेतावनीपछि बालकुमारी घटनाको जवाफ दिन मन्त्री ज्वालालाई सभामुखको अर्को रुलिङ



काठमाडौं,१० फागुन । सभामुख देवराज घिमिरेले पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जानेगरी घटेको घटनाबारे सदनमा उपस्थित भएर प्रष्टीकरण दिन रुलिङ गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री ज्वालाको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दलद्धय रास्वपा र राप्रपाले सदन अवरुद्ध गरेका थिए ।

बैठकमा बोल्दै एमाले नेताद्धय रघुजी पन्त र महेश बर्तौलासँगै रास्वपाका विराजभक्त श्रेष्ठ र राप्रपा ज्ञानेन्द्र शाहीले मन्त्री ज्वालामाथि कारबाही नभए सदन अवरुद्ध पार्ने चेतावनी दिएका थिए ।

उनीहरू बोलपछि सभामुखले बैठकको नियमित कारवाही अगाडि बढाउन खोज्दा विपक्षी सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले संसदको आकस्मिक र विशेष समयमा उठेको प्रश्न सम्बन्धमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए ।

‘मैले फागुन ६ गतेको बैठकमा पनि निर्देशन दिएको थिए, आज दोहो¥याउँछु’ सभामुख घिमिरेले भने ।

छानबिन आयोगले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन ६ गतेको बैठकमा प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्