Logo

प्रभु साहलाई गम्भीर धक्का, पूर्व सांसदसहित आजपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश



काठमाडौं,१० फागुन । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का उप महासचिव तथा मधेश प्रदेश सभाका पूर्व सांसद कुन्दन कुस्वाहासहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार एमाले मूख्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच कुस्वाहासहित आजपाका केन्द्रीय सदस्यहरु अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताले खादा र टीका लगाएर उनीहरूलाई एमालेमा स्वागत गरे ।

तत्कालीन नेकपाको विभाजनपछि माओवादीमा नगएर एमालेमै बसेका प्रभु साहले आम निर्वाचनको मुखमा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रौतहटबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका उनले हालै आजपा गठन गरेका थिए । साहले नयाँ पार्टी गठन गरेपनि उनकी श्रीमती रीना साह भने एमालेबामटै रौतहटको मौलापुर नगरपालिकाकी मेयर निर्वाचित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्