Logo

एमालेले माग्यो ललिता निवासको जग्गा फिर्ताको अपनत्व



काठमाडौं,१० फागुन । नेकपा एमालेले ललिता निवासको सरकारी जग्गा भू-माफियाको हातबाट फिर्ता ल्याउन आफ्नो दलको सरकारले सुरुवात गरेको भन्दै उक्त कार्यको अपनत्व पाउनुपर्ने माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ललिता निवासको जग्गा प्रकरणको छानबिन सुरु गरेको भन्दै उक्त कार्यको अपनत्व लिन खाजेका हुन् ।

‘आज सुशासनको भाषण गर्दै हिँड्ने, सुशासनको भाषण गरेर नथाक्ने । सरकारी जग्गा फिर्ता ल्याएँ हँ त्यो सरकारी जग्गाको छानबिन कसको पालामा भएको थियो ? ओलीको पालामा हैन ? सुरु कल्ले गरेको थियो ?’ सांसद पन्तले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे ।

ललिता निवासको नाममा रहेको सरकारी जग्गा सबै सरकारको नै हुने फैसला गत साता विशेष अदालतले गरेको थियो । विभिन्न समयमा विवभि व्यक्रि र भूमाफियाले कब्जा गरेको सबै जग्गा सरकारको नाममा ल्याउन अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि काठमाडौं महानगरले एक सूचना जारी गर्दै उक्त जग्गामा बनेका सबै संरचना खाली गराउन सूचना निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्