Logo

सांसद भण्डारीको दाबी, ‘१०/१२ जनाले देशको अर्थतन्त्र कब्जा गरे’



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले सरकारको गलत नीतिका कारण देशको अर्थतन्त्र १०/१२ जनाको हातमा गएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले तिनै व्यक्तिहरुको हातमा बैंक, उद्योग, बीमा, जलस्रोतको लाइसेन्स, हस्पिटल, स्कूलजस्ता संस्थाहरु रहेको बताए । यसरी एकै व्यक्तिको हातमा सबै प्रकारका संस्थाहरु हुँदा सरकारले चाहेर पनि काम गर्न नसक्ने उनको भनाइ छ । यस्तो प्रकारको अर्थनीति विश्वमा कतै पनि नरहेको बताउँदै उनले नेपालको अर्थनीति गलत भएको उनको दाबी छ ।

‘आज बहुदलीय व्यवस्थामा प्रवेश गरेको पनि ३४ वर्ष भयो । तर, आर्थिक रुपले यो सदनमा बारम्बार कुरा उठिरहेको छ । किन १०/१२ जनाको हातमा, उसैको हातमा बैंक छ । उसैको हातमा उद्योग छ । उसैको हातमा वीमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल, स्कूल छ ।’ उनले भने, ‘यो देश कसरी बन्छ । सरकारले चाहेर, गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ ? यो सबैभन्दा महत्वपूर्ण कुरा रहेछ । हाम्रो गलत आर्थिक नीतिका कारणले गर्दा सीमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो । दुनियाँका कुनै पनि देशमा यस्तो व्यवस्था छैन ।’



प्रतिक्रिया दिनुहोस्