Logo

जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालतमा



काठमाडौं,१० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । गत महिना कामाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

परिवर्तित नाम गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै उनले क्रिकेटबाट अलग हुने स्वघोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्