Logo

महिला महासमिति सदस्यलाई आरजुले निम्तो पठाईन्



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले महिला महासमिति सदस्यहरुलाई छुट्टै छलफलका लागि बोलाएकी छन् । उनले भोलि (शुक्रबार) अनुपम फुडल्याण्डमा छलफलका लागि देशभरबाट आएका महिला महासमिति सदस्यहरुलाई बोलाएकी हुन् ।

निर्वाचनमा महिलाको प्रतिनिधित्वको विषयमा छलफल हुने बताइएको छ । गत फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमिति बैठक आज सकिँदैछ । बैठकमा भाग लिन देशभरबाट दुई हजार दुई सय महासमिति सदस्यहरु काठमाडौं आएका छन् ।



प्रतिक्रिया दिनुहोस्