Logo

कांग्रेस बैठकमा लफडा, बानियाँले बोलिरहँदा गगनका समर्थकद्धारा चर्को नाराबाजी



काठमाडौं,१० फागुन । नेपाली कांग्रेसको ४ दिनदेखि जारी महासमिति बैठक आज सकिँदैछ । आज समापन हुन लागेको बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा आफूहरूका सुझाव नसमेटिएको भन्दै प्रतिनिधिहरूले होहल्ला गरेपछि लफडा भएको छ ।

बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएको बताइएको छ ।

बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका छन् ।

बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए ।

महासमिति बैठकमा थापाले आफ्नो सांगठनिक प्रस्तावमा गठबन्धन गर्न नहुने उल्लेख गरेपनि हलमा त्यसको विपक्षमा बलियो मत देखिएको छ । करिब १५ मिनेट होहल्लापछि बैठक फेरि सुरू भएको छ। 



प्रतिक्रिया दिनुहोस्