Logo

महासमिति बैठकले कांग्रेसलाई जीवन्तता प्रदान गरेको छः शेखर कोइराला



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकले पार्टीको आन्तरिक जीवनलाई जीवन्तता प्रदान गरेको बताएका छन् । आज (बिहीबार) महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बृहत छलफल, बहस र विवादले पार्टीको आन्तरिक जीवनमा जीवन्तता प्रदान गरेको बताएका हुन् ।

‘भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले ठोस दिशा प्राप्त गरोस् भनी बृहत छलफल, बहस र विवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गरेको भन्ने विश्वास लिएको छु,’– उनले भने ।

साथै, लोकतन्त्रको पर्यायवाची कांग्रेस भएको उनले बताए । कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान नहुने उनको भनाइ छ । आफूहरु एकतावद्ध हुनुको विकल्प नभएको उनको दाबी छ । आफ्नो सारा प्रयास पार्टीलाई एकताबद्ध बनाउने रहेको उनले बताए । नेता कोइरालाले कांग्रेसलाई सुध्रिने र सच्चिने दवाब ब्यापक रहेको बताए । जनतामा रहेको निराशा चिर्न पार्टी संगठन ब्यापक रुपमा परिचालित हुनुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्