Logo

जनतामा चरम निराशा चुलिएको छ, कांग्रेसले विकल्प दिनुपर्छ: सहमहामन्त्री पाण्डे



काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले इतिहासको जुनसुकै कालखण्डमा देखिएका चरम निराशा र बेथितिलाई कांग्रेसले निकास दिएको बताएका छन् ।

बिहीबार पार्टीको जारी महासमिति बैठकको समापन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका पाण्डेले अहिलेपनि त्यस्तै अवस्था आएको उल्लेल गर्दै कांग्रेसले निकास दिनुपनेृ बताए ।

‘नेपाली कांग्रेस पार्टीले जस्तोसुकै अवस्थामा पनि विकल्प दिएको छ । हो आज जनतामा चरम निरासा छाएको छ । निरासा चुलिएको अवस्थामा नै नेपाली कांग्रेसले विकल्प दिन सक्नुपर्छ । हाम्रो पार्टीले आशाको सञ्चार विकास गर्न सक्नुर्पछ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्