Logo

२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुरभन्दा तल बनाइयो: सहमहामन्त्री परियार



काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले २१औं शताब्दीमा पनि दलित समूदायप्रतिको विभेद हट्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

बिहीबार कांग्रेस महासमिति बैठकको समापनसत्रमा आयोजित समारोहमा बोल्दै उनले दलित समूदायलाई कुकुर भन्दा पति तल्लो व्यवहार गरिएको बताए । ‘२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुर भन्दा तल बनाइयो । छोइछिटो गरियो । यस्ता परम्परालाई अन्त्य गरी अघि बढ्नुपर्ने छ,’ उनले भने ।

उनले जातीय विभेद अन्त्य गर्न त्यस्ता समुदायका व्यक्तिलाई राज्यका निकायमा समानुपातिक ढंगबाट प्रतिनिधित्व गराउनुपर्ने बताए ।

“यो देशमा रहेका सबै जातजाति भाषाभाषी सबैको सुरक्षित निर्वाचित क्षेत्र बनाएर समानुपातिक ढंगबाट राज्यको निकायमा प्रतिनिधित्व ल्याउनुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्