Logo

हामीसँग अझैपनि एक्लै चुनाव लड्ने तागत छ : सहमहामन्त्री डीना



काठमाडौं,१० फागुन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले नेपाली कांग्रेससँग अझैपनि एक्लै चुनाव लड्ने हिम्मत भएको दाबी गरेकी छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै उनले गएको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह सबै ठाउँमा नभएको भनेर धेरै कार्यकर्ताले गुनासो गरेको बताईन् । उनले अझैपनि एक्लै निर्वाचन लड्ने हिम्मत रहेको बताईन् ।

‘गत निर्वाचनमा देशका कतिपय क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले रुख हेर्नै पाएनौँ, देख्नै पाएनौँ भन्ने गुनासो गर्नु भयो। यो सत्य हो। तर यति भन्दै गर्दा क्रियाशील सदस्यहरूको भोट हराएको विषय किन उठेन, म सोध्न चाहन्छु’, उनले भनिन्, ‘एक्लै चुनाव लड्न सक्ने तागत हामीसँग छ।’

उनले अब अब कांग्रेसको तागत फर्काउन पनि अपिल गरिन्। ‘अबको युग महिलाको युग हो। अबको आन्दोलन महिलाको आन्दोलन हो’, उनले भनिन्।



प्रतिक्रिया दिनुहोस्