Logo

एमाले कैलालीको नेतृत्व चयनको लागि मतदान जारी, अध्यक्षमा त्रिपक्षीय भिडन्त



काठमाडौं,११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज शुक्रबार मतदान सुरु भएको छ ।

अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुङ्गाना, हालका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशी, र जिल्ला सचिव डेजी पाण्डेय चुनावी मैदानमा छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका हुन् । उपसचिवमा राजु गुरुङ, चुडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए । तर, ओलीले दोस्रो दिनमै निर्वाचन गर्न भने पनि छैटौँ दिनमा मतदान सुरु भएको हो । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।१५० सदस्यीय जिल्ला कमिटीका लागि ४८० जना प्रतिस्पर्धामा रहेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्