Logo

विराजभक्तको प्रश्न: संसद्मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ ?



काठमाडौं,११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्याउन नसकेको भन्दै सरकारले संसद्मा माफी माग्नपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाईने भन्दै प्रतिपक्षीको कारण सदन नरोकिएको प्रष्ट पारे ।

‘पार्टी देशको लागि कि देश पार्टीको लागि पहिले यो कुरा प्रष्ट हुनुपर्छ । संससद चल्ने भनेको सत्तापक्षको बहुमतले हो । उहाँहरुले विधेयक ल्याएपछि सदन चलाउने दायित्व पनि उहाँहरुकै हो । के गठबन्धनमा प्वाल परेको हो’ उनले प्रश्न गरे ‘हामी यहाँ प्रतिपक्षी दलका सांसदहरु सरकारलाई पूरा साथदिने कोशिसमा छौं । संसद्ले दिएको क्यालेण्डर सत्ता पक्षसँग नभए हामी फोटोकपी उपलब्ध गराईदिन्छौं । उहाँहरुको महासमिति बैठक भए कार्यव्यवस्था परार्मश समिति के जोकर संस्था हो र ? त्यहाँ कुरा राख्न सक्नुपर्दैन सत्तापक्षको सरकार हो । प्रतपक्षको सदन हो सरकारले हेक्का राखोस्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्