Logo

प्रदीप यादवको प्रश्न: जीबी राई र उनका आसेपासेलाई किन पक्राउ नगरेको ?



काठमाडौं,११ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई र उनका सहयोगीलाई किन पक्राउ नगरेको भन्दै प्रशन गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै यादवले सहकारी सञ्चालक राईले वीरगञ्जका जनताालाई पनि ठगेको बताउँदै उनले भने,‘कहाँ छन् जीबी राई ?आसेपासेलाई किन नसमातेको ? अविलम्ब सबैलाई समातेर कानुनी दायरमा ल्याउनुपर्‍यो ।’

सहकारीको नाममा वीरगञ्जमा लुटपाट गरेको यादवले आरोप लगाए । ‘सहकारीको लुटपाट चलिरहेको छ । वीरगञ्जमा सानो पाइला बचत सहकारी संस्थका सञ्चालक जीबी राईले जनातको १३५ करोड पैसा हिनामिना गरेको छ । अहिले न कर्मचारी छन् । ७५ जना आसेपासेलाई बाँडेको छ । धितो राखेको छैन । तमसुक गरेर आफन्त र स्टाफलाई दिइएको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot