Logo

सभामुख एमालेतिर ढल्किएको भन्दै माओवादीले उठायो प्रश्न



काठमाडौं,११ फागुन । सत्तारुढ दलहरुले सभामुख देवराज घिमिरेको कार्यशैली र भूमिकालाई लिएर संसद्मै प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका युवा नेता तथा सांसद माधव सापकोटाले सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाएर चलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

नेता सापकोटाले सभामुख घिमिरे प्रतिपक्षी दल नेकपा एमालेतिर ढल्किएको आशंका गर्दै यस्तो स्थितिले सदन चल्न नसक्का बताए । ‘नियमावलीअनुसार कुनै पनि सदस्यले बोल्ने क्रममा नियमापत्ति भएको अवस्थामा बाहेक अवरोध गर्न पाइँदैन । संक्षिप्त समय भनेर दिनुभएको छ । संक्षिप्त भनेको कति हो,’ सभामुख घिमिरेलाई सांसद सापकोटाले सोधे, ‘तपाईंलाई इन्जोय हुँदासम्म हो वा कति ? माननीय राजेन्द्र केसीलाई तपाईंले संक्षिप्तमा राख्नुस् भनेपछि उहाँ बोल्दै गर्दा प्रतिपक्षले ढ्यापढ्याप गरेपछि कुन नियमावलीअनुसार उहाँलाई रोक्न रुलिङ गर्नुभयो ?’

सभामुख घिमिरे एमालेबाट निर्वाचित सांसद हुन । यसअघि पनि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गर्दा सभामुखले ध्यान नदिएको आलोचना हुँदै आएको छ । यसअघिका सभामुख अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती र कृष्णबहादुर महारमाथि पनि आफ्नो दलतिर ढल्किएको आरोप लाग्ने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्