Logo

विश्व क्रिकेट लिग-२: नामिबियाले दियो नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य



काठमाडौं,११ फागुन । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ ।

क्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिना ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो । नामिबियाका लागि ज्यान निकोल लोफ़्टि(इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे । कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २-२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।

नामिबिया पछिल्लो खेलमा नेदरल्याण्ड्स विरुद्ध हार बहोरेको थियो भने नेपाल विरुद्ध दुवै खेल जितेको थियो । नेदरल्याण्ड्सले भने नेपाल विरुद्ध हार बेहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot