Logo

१५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक अझै सुरु भएन, सचेतकसँग छलफल गर्दै सभामुख



काठमाडौं,११ फागुन । प्रतिपक्षी तीन दलले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन् ।

आज बसेको बैठकमा विवादमा परेका ४ मन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सभामखु देवराज घिमिरेले १५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।

१५ मिनेटका लागि रोकिएको बैठक डेढघण्टा हुँदापनि सूचारु भएको छैन् ।अहिलेकै अवस्थामा बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलको अडान रहेको छ । ​​यसैबीच सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल शुरू गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख चार दलका प्रमुख सचेतकसहितको बैठक बसिरहेको छ ।

संसद्‌मा कोरम पुग्न नदिन प्रतिपक्षले सांसदलाई बाहिर पठाएको भन्दै सत्तापक्षका सांसद राजेन्द्र केसीले आरोप लगाएपछि प्रतिनिधि सभामा होहल्ला भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतक बैठकमा सहभागी छन् । रास्वपा सांसद विराजभक्त श्रेष्ठले विपक्षी दललाई आक्षेप लगाएकोमा सत्ता पक्षले माफी माग्नु पर्ने बताएका छन् ।​

गणपूरक संख्या नपुगेपछि हिजो सरकारले राजनीतिक दलसम्बन्धी विधेयक संसद्‌मा टेबल गर्न सकेको थिएन ।

प्रतिपक्षी दलले विधेयक पेश हुन नदिन सांसद बाहिर पठाएको कांग्रेस सांसद केसीले आरोप लगाएपछि प्रतिपक्षी दल आक्रोशित बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्