Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, यस्तो छ कारण



काठमाडौं,११ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको जिम्मेवारी हेरफेरको लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक स्थगित भएको हो । स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने बताईएको छ ।

आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्