Logo

जनयुद्ध दिवसलाई सर्वोच्चले रोकेपनि हामीले मनायौं, भविष्यमा पनि मनाउँछौं: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको बिदा अदालतले रोकेपनि आफूहरुले दिवसको मनाएको बताएका छन् ।

शुक्रबार २३ औं मजदुर बलिदानी दिवस तथा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले अदालतले बिदा रोकपनि आफूहरुले कार्यक्रम गरेको भन्दै भविष्यमा पनि दिवस मनाउने बताएका छन् ।

‘जनयुद्ध दिवसलाई राज्यको तर्फबाट सम्बोधन गरेको थिएँ, सरकारको क्यालेन्डरमा बिदा समावेश गरेको थिएँ । सर्वोच्च अदालतले शान्ति प्रक्रिया नटुंगिएको भनेको छ, अदालतको कुरालाई कमेन्ट गरेका छौनौं, प्रधानमन्त्री भएकोले मैले गर्न मिलेन’, प्रचण्डले भने, ‘तर पनि हामीले जनयुद्ध दिवस मनाइराखेका छौ । संक्रमणकालीन कुरा टुंगिएपछि बिदा फेरि हुन्छ भन्ने विश्वास छ ।’

जनयुद्ध दिवस सुरु भएको दिनको सम्झनामा सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई संविधानले नचिन्ने भन्दै बिदा खारेज गरिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्