Logo

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा



काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका– ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५५ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई ७५ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय सञ्जालबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्