Logo

अखिल (समाजवादी) को २३औं राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक



काठमाडौं, १२ फागुन । अखिल (समाजवादी) को केन्द्रीय समितिले २६औं राष्ट्रिय सम्मेलनको निर्णयहरु सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरिएको हो । अखिल (समाजवादी) को २६औं राष्ट्रिय सम्मेलन गत फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

अखिल (समाजवादी) का महासचिव प्रकाश सी ले नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा आफूहरु निरन्तर संघर्षरत रहेको बताएका हुन् । आफूहरु नयाँ नीति र कार्यक्रमसहित नयाँ नेतृत्वमार्फत आम विद्यार्थीमाझ आएको उनले बताए ।

अखिल (समाजवादी) को २३औँ राष्ट्रिय सम्मेलनको वन्दसत्रले नरेन्द्र सीको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी र १८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । साथै, अखिल (समाजवादी) को २३औं राष्ट्रिय सम्मेलनले विभिन्न १५ वटा प्रस्ताव पारित गरेको नवनिर्वाचित उपाध्यक्ष ललित सीले बताए ।

अखिल समाजवादीले २३औं राष्ट्रिय सम्मेलनबाट पारित गरेको प्रस्तावहरु निम्न छन्ः

१) नेकपाका महासचिव क. विप्लव सी लगायतका नेताहरु विरुद्ध जारि प्रक्राउ पुर्जि खारेजिको माग गर्दछ । साथै जेलमा वन्दी रहेका राजनितिक आस्थाका वन्दीहरुको रिहाईको माग गर्दछ ।

२) नेपालको सामुदायिक शिक्षाको सुधारका निम्ति निरन्तर संघर्ष गर्ने प्रस्ताव पारित गर्दछ । शिक्षामा राज्यको लगानि वढाउन र विभिन्न वहानामा सामुदायिक विधालयले लिने शुल्क र निजिले लिने चर्को शुल्क विरुद्ध संघर्ष गर्ने प्रस्ताव पारित गर्दछ । शिक्षालाई राज्यको अनिवार्य दायित्वमा लिने व्यवस्था गर्न माग गर्दछ ।

३) नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी निति र यसको कारण भईरहेको चरम व्यापारिकरण, निजिकरण र माफियाकरण विरुद्ध संघर्ष गर्ने प्रस्ताव पारित गरिएको छ ।

४) विश्वविद्यालय र विभिन्न शिक्षालयहरुमा भईरहेको राजनितिक भागभण्डाविरुद्ध संघर्ष गर्ने र योग्यताका आधारमा नियुक्त गर्न संघर्ष गर्ने प्रस्ताव पारित गर्दछ ।

५) युवा र विद्यार्थी तथा पुँजीको चरम विदेश पलायन रोक्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार, पाठ्यक्रममा अपडेट, विश्वविधालयको सुधार र नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारिको सृजना गर्न माग गर्दछ । नेपाललाई विश्वको एक शैक्षिक गन्तव्य बनाउने निति लिन माग गर्दछ ।

६) राष्ट्रिय सम्मेलन एक शिक्षालय एक उत्पादन नितिलाई लागु गर्न माग गर्दछ । क्षेत्र अनुसार उत्पादन योजनाहरु बनाई विद्यार्थीहरुलाई श्रम र उत्पादनमा लगाउन माग गर्दछ ।

७) शिक्षालाई आधारभुत ज्ञान, जिवन निर्वाह, विज्ञता र अनुसन्धान तहमा विभाजन गरि सोहीअनुसार ज्ञान र सिप प्रदान गर्ने प्रणाली व्यवस्था गर्न माग गर्दछ । विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई नियमन र नियन्त्रण गरियोस् ।

८) संसद्मा विचाराधिन विद्यालय शिक्षा विधेयक २०८० लाई संविधानमा भएको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान व्यवहारिक लागु गर्ने गरि पास गरियोस ।

९) नेपाली किसानहरुको उत्पादनलाई भारतिय उत्पादनको वेरोकटोक प्रवेशले पारिरहेको गम्भिर समस्याको समाधान गरियोस । दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तानी गर्न वाँकी रकम तत्काल भुक्तानी गरियोस् । नेपाली किसानहरुको उत्पादनलाई बजारमा पहिलो प्राथमिकता दिइयोस् ।

१०) राष्ट्रिय सम्मेलन मिटरव्याजको मारमा परेका जनताको आन्दोलनमा जोडदार समर्थन गर्दछ । मिटरव्याजीलाई कडा कारवाही गर्न माग गर्दछ ।

११) नेपालको राष्ट्रिय एकतामाथि भइरहेको साम्राज्यवादी हस्तक्षेप विरुद्ध जागरुक हुन नेपाली युवा विद्यार्थीहरुलाई राष्ट्रिय सम्मेलन आह्वान गर्दछ ।

१२) राष्ट्रिय सम्मेलन ईजरायलले प्यालेस्टाईनमाथी गरिरहेको अमानविय आक्रमण र युद्ध अपराध तत्काल रोक्न जोडदार माग गर्दछ ।

१३) राष्ट्रिय सम्मेलन वीर अस्पताल लगायतका सरकारी अस्पतालमा भएको लगानी र जनशक्ति अभाव र निजि अस्पताल पोस्ने दलालहरका कारण भईरहेको कृतिम सेवा अभाव तत्काल अन्त्य गरि अस्पताल पुर्ण क्षमतामा संचालन गर्न जोडदार माग गर्दछ ।

१४) विश्व पुँजीवाद र चरम नाफाखोर प्रवृतिका कारण वातावरणमा परिरहेको गम्भीर असरको समस्या समाधान गर्न विशेष पहल गर्न र आवश्यक कदम चाल्न यो सम्मेलन माग गर्दछ ।

१५) नेपालको असफल दलाल पुँजीवादी संसदीय व्यवस्था, यसको नेतृत्व र परनिर्भर अर्थतन्त्रको विकल्पमा नेपाली विशेषताको समाजवाद र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि संघर्षशिल र रचनात्मक रुपमा अगाडी वढ्न लाखौं विद्यार्थीहरुलाई यो राष्ट्रिय सम्मेलन आह्वान गर्दछ ।



प्रतिक्रिया दिनुहोस्