Logo

चर्चित महिला नेतृ सुनीता साहसहित प्रभावशाली व्यक्तिहरु आजपा प्रवेश



काठमाडौं, १२ फागुन । तत्कालीन फोरम नेपालकी संस्थापक नेत्री तथा तराई मधेश महिला फाउन्डेशन, नेपालकी अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) सहितका नेताहरु आम जनता पार्टी प्रवेश गरेका छन् । नेतृ साहसहित रिसर्चर तथा समाजसेवी वसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका लोकप्रिय एवं प्रभावशाली व्यक्तित्वहरुले आजपा रोजेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए ।

प्रवक्ता साहले पश्चगामी र यथास्थितिवादी शक्तिहरुले मुलुकलाई दुर्दशापूर्ण अवस्थामा पुर्याएको र वर्तमान संकटबाट देशलाई निकाश दिन अग्रगामी शक्तिको मुल धारको रुपमा आजपा नै एकमात्र ठोस विकल्प रहेको निश्कर्षसहित उनीहरु आजपा प्रवेश गरेको बताए ।

नवप्रवेशीहरुलाई आजपा अध्यक्ष प्रभु साहले खादा र अविर लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । उनले नवप्रवेशीहरुलाई उज्जवल राजनीतिक भविष्यको शुभकामनासहित आजपा रोजेकोमा बधाइसमेत दिए ।



प्रतिक्रिया दिनुहोस्