![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Milan-Kc-Sp-Jhapa-1.jpeg)
काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो ।
एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ–नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा परिचित छन् ।
झापा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Milan-Kc-Sp-Jhapa-2.jpeg)
![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Milan-Kc-Sp-Jhapa-3.jpeg)