Logo

भ्रष्टाचार गरेर राज्य लुट्ने प्रक्रिया बन्द गराउँछौंः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, १२ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताएका छन् । आज (शनिबार) सप्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरहालतमा भ्रष्टाचार, जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराउने बताएका हुन् । राजनीतिक पहुँचको आधारमा राज्यलाई लुट्ने कार्य बन्द हुने उनको भनाइ छ ।

‘हामी सुशासनको अभियानमा रोकिँदैनौं, विश्रम लिँदैनौं । यसलाई अगाडि बढाउँछौं । हामीले हरहालतमा भ्रष्टाचार, जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराउँछौं । नेपालमा ठूला–ठूला राजनीतिक पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारी मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिछाड्छौं । आम जनताको नयाँ जीवनको सुरुवात हामी गराउँछौं,’– उनले भने ।

सप्तरीमा पनि सार्वजनिक जग्गा मिचिएको भन्ने आफूलाई सूचना रहेको बताउँदै उनले अब कसैले पनि सार्वजनिक जग्गा लुट्न र मिच्न नसक्ने बताए । देशभरी प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेर सरकारी जग्गा र सार्वजनिक जग्गा संरक्षणमा लाग्न निर्देशन दिएको उनको भनाइ छ ।

मिटरब्याज पीडित सामान्तवादको निकृष्ट स्वरुप भएको उनले बताए । अहिलेसम्म सरकारले स्वैच्छिक मेलमिलापको आधारमा सरकारले पाँच हजार पीडितहरुलाई न्याय दिलाइसकेको उनले बताए । गृहमन्त्री श्रेष्ठले अदालतले पनि पीडककै पक्षमा फैसला गरेको अवस्था रहेको बताए । उ



प्रतिक्रिया दिनुहोस्