Logo

एक छक्का हिर्काएर आउट भए अनिल, नेपाललाई दोस्रो झड्का



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १०।४ ओभरमा दोस्रो विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा अनिल साह आउट भएका छन् । उनी ७ रन जोड्दै आएट भए । ११ बलको सामना गरेका उनले १ छक्का हिर्काउँदै आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ११ ओभरमा ५० रन जोडेको छ । नेपालले सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा राखेको छ ।

नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी



प्रतिक्रिया दिनुहोस्

Screenshot