Logo

महन्थलाई झाको पत्र: लोसपाको ‘गियर चेञ्ज’ गर्ने बेला भयो, उत्तराधिकारीलाई जिम्मा लगाएर विश्राम लिनुस्



काठमाडौं,१३ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुरालाई पार्टीबाट विश्राम लिन आग्रह गरेका छन् ।

अध्यक्ष ठाकुरलाई एक पत्र लेख्दै महासचिव झाले १६ वर्षदेखि पार्टीको नेतृत्वमा बस्दापनि पार्टीको गति अघि बढ्न नसकेको भन्दै गियर चेन्ज गर्ने बेला भएको उल्लेख गरेका छन् । लोसपाको त्यस लिंगेसिको उत्तराधिकारीलाई जिम्मा लगाएर आफु विश्राम लिन उनले ठाकुरलाई आग्रह गरेका छन् ।

झाले शनिबार पत्र पठाउँदै भनेका छन्, “आज १६ वर्ष भयो, मधेसको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्वःमूल्यांकन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू ? तमलोपादेखि लोसपासम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेसी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि ?”

मधेशको नेतृत्व गरेको १६ वर्ष भए पनि स्वमूल्यांकन गर्ने बेला भयो भन्दै विश्राम लिन उनले आग्रह गरेका हुन् । ‘हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्नेबाहेक अरु केही हुन सकेन । त्यसकै कारण होला, मधेशमा मधेशी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेसजस्ता पार्टीहरू बलियो भयो,’ झाको पत्रमा उल्लेख छ ।

उनले सीमित व्यक्तिको स्वार्थमा ‘क्रान्तिको दियो’ निभ्न दिन नहुने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्