Logo

श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चितता गर्न सांसद श्रेष्ठको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक सुनिश्चिता गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कतिपय मूलधारका मिडियामा कार्यरत पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक नपाएको समचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सम्पूर्ण पत्रकारहरुको पारिश्रमिक सुनिश्चितता गर्न माग गरेका हुन् ।

“श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय मिडिया हाउस हुँदै सडकमा पुगेको छ । प्रजातन्त्र पुर्नवहाली र सुशासन तथा आमनागरिकलाई सुसूचित गर्ने श्रमजीवी पत्रकार आज विषम परिस्थितिबाट गुज्रेका छन,” उनले भने । 

सांसद श्रेष्ठले राज्यको लोकतन्त्र श्रमजीवी पत्रकारको समस्या हल नगर्ने भए फस्टाउन नसक्ने उल्लेख गरे । “राज्यव्यवस्थाले बेलैमा समस्या हल गर्न नसके राज्यको लोकतन्त्त फस्टाउँदैन । राज्यको चौथो अंगको रूपमा रहेकाले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि हैन ?,”उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्