Logo

विवादमा मुछिएका तीन मन्त्रीको राजीनामा माग्दै एमालेको आज पनि विरोध



काठमाडौं,१३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदनमा आफ्नो विरोध कायमै राखेको छ । प्रतिनिध सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

सांसद्को विरोध पनि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारको छानबिनमा परेका स्वास्थ्यमन्त्री मोहन बस्नेत, र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटनमन्त्री सुदन किरातीको राजीनामा एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ ।

‘प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा विगतमा सदन अवरोध भएका छन् । विवादित मन्त्रीहरूबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनीयत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई चाँडो बर्खास्त गरियोस्’, प्रमुख सचेतक गिरीले भने ।



प्रतिक्रिया दिनुहोस्