Logo

१०० रन नजोड्दै नेपालको छैटौं विकेट पतन, भीम शून्य रनमै आउट



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले लगातार छैटौं विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले २७।४ ओभरमा बास डि लिडको बलमा दीपेन्द्रसिंह ऐरी रनआउको रुपमा गुमाउँदा त्यसपछि क्रिजमा आएका भीम सार्कीलाई शून्य रनमै गुमाएको हो । २९।३ ओभरमा बास डि लिडको बलमा भीम सार्की आउट भएका हुन् ।

सार्की आउट भएपछि क्रिजमा आरिफ शेख नयाँ ब्याटरको रुपमा आएका छन् । उनी यस सिरिजमा पहिलो खेल खेल्दैछन् ।

पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भएका थिए । ताजा अवस्थामा नेपालले ३० ओभरमा ६ विकेट गुमाएर ९९ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्