Logo

मिटरब्याज पीडितहरुको आन्दोलनमा झलनाथको समर्थन



काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाएका छन् । गत बुधबार २३ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समर्थनमा उनी आज (आइतबार) सहभागी भएका हुन् ।

मिटरब्याज पीडितहरुको आन्दोलनमा आफू र आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए । साथै, उनले नेपालका कम्युनिष्ट पार्टीहरु किसान, मजदुर वर्गका पक्षधर हुन् कि पुँजीपतिका ? भनी प्रश्नसमेत गरे । Photo by: Arun Karki/Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्