Logo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा थली र कमलविनायकमा शाखा विस्तार



काठमाडौं, १३ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका– ५ मा थली शाखा र भक्तपुर नगरपालिका– १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हाल देशभरिमा दुई सय ७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक १३ वटा शाखारहित बैंकिङ र दुई सय ६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot