Logo

संसद्मा ज्ञानेन्द्रको कविता,‘नौजवानको सपना बालकुमारीमै उडाइदियौ’



फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ
दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ
थिए होलान् तिनीहरुका पनि सपना
न्यानो लगाउने र मिठो खाने
रक्षक नै भक्षक भएपछि
न्याय खोज्न अब कहाँ जाने ?
आँखाबाट आँशु झार्दै
भक्कानिएर रुन्छिन् तिनकी आमा
अपराधीलाई कारबाही गर भनी
संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा
सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,
जति दबाउन सक्छौ दबाऊ ।
दबिएर दबिँदैन यी आवाजहरु
एक दिन उठ्नेछन् र भन्नेछन्,
भ्रष्टाचारी र देशद्रोहीलाई संसद्बाट मात्र होईन,
यो देशबाटै भगाऔं ।’

(प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले संसद्मा वाचन गरेको कविता)



प्रतिक्रिया दिनुहोस्