Logo

लिग-२ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको लज्जास्पद हार



काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले ८ विकेटको लज्जास्पद हार ब्यहोरेको छ ।

नेपालले दिएको १७३ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका विक्रमजित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४७ रन हिर्काए ।

पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । नेदरल्यान्ड्सका प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीले एक एक विकेट लिएका छन् ।

शृंखलामा नेपालले खेलेका चारमध्ये ३ खेल हारेको छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

त्यसपछिका दुवै खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग हार बेहोरेको हो। विश्वकप लिग २ मा नेपालको ४ खेलबाट २ अंक छ। नामिबियाको ४ खेलबाट ६ र नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक रहेको छ।



प्रतिक्रिया दिनुहोस्