Logo

एम्बुलेन्समालागूऔषध ओसारपसार धन्दा, एक जना पक्राउ



काठमाडौं, १३ फागुन । एम्बुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने जयदेव चेललाई प्रहरीले पक्राउ गरेको छ । उनी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट शनिबार पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद गरेको थियो ।

लागूऔषध गाँजा बरामद भएसँगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्