Logo

सरकार असफल भयो, काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिए हुन्छः सांसद गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन्। आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको आरोप लगाइन्।

सरकार असफल भएको भन्दै उनले काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटकपटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

सांसद् गौतमले प्रश्न गरिन्, ‘जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ?’

उनले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भूमिका हुन नसकेको बताउँदै यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफ्ठेरो परेको बताइन्।



प्रतिक्रिया दिनुहोस्