Logo

घुस प्रकरणमा जोडिएका न्यायधीश कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरियो



काठमाडौं, १३ फागुन । न्याय परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ ।

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा अधिवक्तासँग भएको संवादको अडिओ बाहिरिएपछि उनलाई न्याय परिषद्ले निलम्बनमा राखेर छानविन प्रक्रिया अगाडि बढाएको थियो ।

आज (आइतबार) बसेको परिषद्को बैठकले उनलाई चेतावनीसहित महोत्तरी सरुवा गर्ने निर्णय गरेको हो । कोइरालाले न्यायाधीशको मर्यादा र आचारसंहिता विपरीत कुराकानी गरेको भएपनि घुस लेनदेन नभएको परिषद्ले निश्कर्ष निकालेको छ ।

परिषद्को बैठकले विवादमा मुछिएका अन्य उच्च अदालतका एक र जिल्ला अदालतका एक न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot