Logo

प्रधानसेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान



काठमाडौँ, १३ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानीचिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन् । गत फागुन ६ गते सकारको निर्णयअनुसार उनीहरु उपरथीमा पदोन्नति भएका थिए ।

दर्ज्यानीचिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot