Logo

१४ किलो सुन तस्करी प्रकरण: प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ



काठमाडौं,१४ फागुन । गत मंसिर २१ गते फ्लाई दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा मुछिएका डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो । यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित सोमबार मुद्दा दायर भएको थियो।



प्रतिक्रिया दिनुहोस्