Logo

मिटरब्याज पीडित र दुग्ध किसानले न्याय नपाए संसद् अवरुद्ध गर्ने राप्रपाको चेतावनी



काठमाडौं,१४ फागुन । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले २३ दिनदेखि देशचरबाट हिँडेर काठमाडौं आईपुगेका मिटर ब्याजपीडितले न्याय नपाए संसद्को अर्को बैठक चल्न नदिने उनले प्रष्ट पारे ।

उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’



प्रतिक्रिया दिनुहोस्