Logo

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं । प्रतिनिध सभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्