Logo

लेखा समितिका सभापति पोखरेलको आरोप ‘सरकार काण्डको थुप्रोमा छ’ (भिडिओसहित)



काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार काण्डको थुप्रोमा रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अहिले सकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको बताए ।

‘सरकारनै काण्डको थुप्रोमा छ । सुन काण्ड, त्यत्रो कराइयो, सदनमा हामीले त्यत्रो कुरा गर्यौं । धेरैले किन यो विषयमा एमाले यतिधेरै बोल्छ भन्यो । त्यत्रो समिति बन्यो, आज के भयो त खै ? परिणाम खै ? सरकार यो देशमा छ कि छैन ? यो देशमा सरकार छ ?’ उनले प्रश्न गरे ।

सत्ता पक्षले आफूले काम गर्न नसकेपछि विपक्षीलाई विभिन्न आरोप लगाइरहेको उनको भनाइ छ । पछिल्लो समयमा सबैभन्दा सक्रिय हिसाबले समिति र एमालेनै भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनले एनसेल, टेरामक्स, लुम्बिनी विकास कोषको जग्गा लगायतका ठूला–ठूला काण्डबारे सार्वजनिक लेखा समितिले सरकारलाई निश्पक्ष छानविनका लागि दवाब दिइरहेको उनको भनाइ छ ।

टेरामक्स प्रकरणमा अख्तियारमाथि उनले आशंका व्यक्त गरे । यति लामो समयसम्म उक्त मुद्दा अदालत नलगिएको भन्दै उनले ‘अख्तियार के गर्दैैछ ?’ भनी प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्