Logo

मन्त्रीहरुमाथिको आरोपबारे जवाफ दिन सरकारलाई सभामुखको चौथो पटक रुलिङ



काठमाडौं, १४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारलाई मन्त्रीहरुमाथि उठेका प्रश्नको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेपछि सभामुखले सरकारलाई जवाफ दिन निर्देशन गरेका हुन् ।

सभामुख घिमिरेले सरकारलाई जवाफ दिन निरन्तर रुलिङ गरेपनि अहिलेसम्म सरकारले जवाफ दिने छाटकाँट देखाएको छैन । पछिल्लो घटनाक्रमबारे जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेको यो चौथो पटक हो ।



प्रतिक्रिया दिनुहोस्