Logo

सरकारलाई आरजु देउवाको प्रश्न: दुग्ध किसानलाई भुक्तानी दिने प्रक्रिया कहाँ पुग्यो ?



काठमाडौं । संसद्को कृषि, प्राकृतिक स्रोत तथा विकास समितिकी सभापति तथा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले दुग्ध किसालाई तत्काल बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै देउवाले दुग्ध किसानलाई भुक्तानी दिने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेकी छन् ।

‘यसअघि बसेको कृषि तथा प्राकृतिक स्रोत समितिले दुग्ध किसानलाई तत्काल भुक्रानी दिने व्यवस्था मिलाउन निर्देशन दिएका थियौं । सभामुख महोदय उक्त प्रक्रिया कहाँ पुग्यो ? दुग्ध किसानले भुक्रानी कहिले पाउँछन् ?’ उनले भनिन् ।

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दापनि अघिल्लो बर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस्