Logo

लघुवित्त पीडितहरू संसद्‍ भवनमा प्रवेश गरेको विषयमा सभामुखले आईजीपीसँग मागे जानकारी, छानबिन गर्न समिति गठन



काठमाडौं । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन्।

सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ।

घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका छन्। लघुवित्त पीडितहरू नयाँबानेश्वरस्थित निषेधित क्षेत्र छिचोल्दै संसद् भवन परिसरमा छिर्न सफल भएका थिए।

कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए। प्रदर्शन गर्दै करिब ५० जनाको संख्याका पीडितहरू संसद् भवन परिसरमा छिर्न सफल भए थिए।

त्यसपछि उनीहरूमध्ये ४९ जनालाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका थिए। संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए।

यसैबीच उक्त प्रकरणको छानबिन गर्न सरकरोल छानबिन समिति पनि गठन गरेको छ । प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्